बाढी पीड़ित विनीता तामाङले गरिन् राज्यपालसॅंग शिष्टाचार भेट

n5488554321697743461178c0cad9042885b8d14b46845b8caffefb835e64c501b963e2ae7f065fa8b61c33.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज टिस्टा त्रासदीको चपेटमा परेकी चुङथाङको फेनछुङ्गला निवासी छात्रा विनीता तामाङले शिष्टाचार भेट गरिन्। राज्यपालले घटनालाई अति कष्टदायक बताउॅंदै आफ्नो समवेदना व्यक्त गरे।

विनीताको हौसला बढाउॅंदै राज्यपालले भने, विनीताले आफ्ना प्रियजनहरूलाई गुमाएकी छन्, तर राजभवन उनको साथमा एक परिवार बनेर उभिएको छ।

राज्यमा हालैमा आएको दुर्भाग्यपूर्ण घटनाको चपेटमा परेर विनीता तामाङको घर ध्वस्त बनाएको छ। बाढीले उनको पिता र भाईलाई पनि बगाएर निखोज बनेका छन्।

विनीता धर्मशाला सरकारी कलेजमा प्रथम वर्षकी छात्रा हुन् र फिजिकल एजुकेशनमा आफ्नो उच्च शिक्षा प्राप्त गरिरहेकी छन्। यस अवसरमा विनीताको पूर्व विद्यालय जेएनवीका शिक्षक अभिजीत घोष र शर्मा उपस्थित थिए।

About Author

Advertisement