सिलगढी: रथखोला नवीन संघको निर्देशनमा ४९ औं वर्षमा दुर्गा पूजाको विषयवस्तु आदियोगी रहेको छ। करिब दुई महिनाको मेहनतमा यो मण्डप तयार भएको हो। ३५ फिट अग्लो आदियोगी प्रतिमाको नमुनामा मण्डपको सजावट गरिएको छ। मेयर गौतम देवले चतुर्थीको राति रिबन काटेर रथखोला नवीन संघ क्लबको ४९औँ दुर्गा उत्सवको उद्घाटन गरेका हुन्।

उपमेयर रञ्जन सरकारको उपस्थिति रहेको थियो।