टी२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरी सबैलाई चकित पारे तमीम इकबालले

IMG-20220717-WA0090.jpg

१७ जुलाईः जुन उमेरमा क्रिकेट खेलाड़ीहरू आफ्नो सर्वश्रेष्ठ लयमा हुन्छन् अनि धेरै खेलाड़ीहरूले अन्तर्राष्ट्रिय पदार्पण (डेब्यू)-को निम्ति जोड़तोड़ले प्रयास गरिरहेका हुन्छन् त्यस उमेरमा बंग्लादेश वनडे टीमका कप्तान तमीम इकबालले टी२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेर सबैलाई चकित पारेका छन्। केवल ३३ वर्षको उमेरमा तमीमको यस्तो फसेलाले सबैको ध्यान आकर्षित गरेको छ। उनले यसअघि ६ महिनाको निम्ति टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट ब्रेक लिएका थिए अनि यसपाली आफ्नो सन्न्यासको फसेलाले सबैलाई वाल्लै पारेका छन्। उनी भारतीय टीमका पूर्व कप्तान विराट कोहलीभन्दा पनि लगभग ५ महिना कान्छो हुन्। तमीमले आफ्नो फेसबुक पेजमा दुई लाइनको सन्देश लेखेर आफ्नो फसेलाबारे जानकारी दिएका छन्। वेष्ट इण्डिज विरुद्ध वनडे सीरीजमा क्लीन स्वीपपछि तमीमले बंग्ला भाषामा आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, कृपया मेरो आजदेखि नै टी२० अन्तर्राष्ट्रिबाट सन्न्यासलाई स्वीकार गर्नुहोस्। तपाईंहरू सबैलाई धन्यवाद। सूत्रबाट थाहालागे अनुसार, तमीमले वनडे र टेस्ट क्रिकेटमा ध्यान दिनको निम्ति नै यस्तो फसेला लिएका छन्।
तमीमले २७ जनवरीमा टी२० अन्तर्राष्ट्रियबाट ब्रेक लिएका थिए अनि टी२० विश्व कपमा पनि खेलेका थिएनन्। उनले यस अवधि एउटा घरेलु टी२० लीग चाहिँ खेलेका थिए। तमीमले त्यस समय ६ महिनाको समयसीमा समाप्त हुन अघि नै टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो भविष्यबारे स्थिति स्पष्ट गर्ने बताएका थिए। तमीमले बंग्लादेशको तर्फबाट ७८ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेर २४.०८-को औसतले १७५८ रन बनाए। यस अवधि उनले स्ट्राईक रेट ११७.२-को रह्यो। टी२० अन्तर्राष्ट्रियमा उनको नाममा एउटा शतक अनि सातवटा अर्द्धशतक रहेको छ।

About Author

Advertisement