जी. एल. चामलिङकृत ‘जीवन दर्शन’ काे विमाेचन सम्पन्न

IMG-20220717-WA0095.jpg

मङ्पू: मङ्पू सिम्ले धुरा निवासी सराेजिनी स्मारक प्राथमिक पाठशालाकाे भूतपूर्व प्रधान अध्यापक जी. एल. चामलिङद्वारा लिखित जीवन दर्शन नामक केही लेख केही कविता कृतिकाे विधिवत विमाेचन गरियाे।लेखककै निज वासस्थानमा अायाेजना गरिएकाे उक्त विमाेचन कार्यक्रम श्री सत्य साई बाबाकाे तस्वीर अघि दीप प्रज्ज्वलन गरी शुरु गरिएकाे थियाे। कार्यक्रममा उपस्थित सबैलाई अायाेजककाे पक्षबाट अाशिष चामलिङले स्वागत् जनाउँदै पुस्तक तयार पार्नमा भूमिका लेखिदिने डा. माेहन पी दाहाल, अभिनन्दनका दुई शब्द लेखिदिने डा. रेमिका थापा, अनि पुस्तक तयार पार्नमा सहयाेग पुर्याउने उपमा प्रकाशकका उमेश उपमालाई पनि धन्यवाद दिए। सभापति एस एम राई, प्रमुख अतिथि ए एम राई, सराेजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक रवि राई लेखक जी एल चामलिङ, लेखककाे पत्नी मिरा राई, सतिस चामलिङ, गजलकार सुवास श्रेष्ठ, अमिर बस्नेत, सुरेश श्रेष्ठ, रवि राई, सूर्यमणि राई, पवन बल, सी के राई, एन पी राई, हेमचन्द्र राई, प्रणय राई, कृति प्रकाशक श्रद्धा चालिङ अादिकाे वाहुलीबाट कृति जीवन दर्शन काे विधिवत विमाेचन गरियाे।कृति विमाेचन पछि गजलकार सुवास श्रेष्ठले कृति विषयमा बाेल्दै याे एउटा छुट्टै प्रकारकाे अनि अति उपयाेगी कृति प्रकाशमा अाएकाे बताए।कार्यक्रममा विशिष्ट अतिथि रवि राईले अाफ्नाे दुई शब्द राख्दै स्वरचित कविता पनि पाठ गरे।यसरी नै गजलकार सुवास श्रेष्ठले गायन अनि वाचन दुवै रुपमा गजल प्रस्तुत गरेर उपस्थित साहित्य अनुरागीहरूलाई मनाेरञ्जन दिलाए। विमाेचन कार्यक्रमलाई अमिर बस्नेतले पनि सम्बाेधन गर्दै लेखक जी. एल. चामलिङले दिनु भएकाे कृति जीवन दर्शन उनकाे अनुभवकाे एउटा पुस्तकालय समान रहेकाे बताए। कार्यक्रमकाे अन्तमा प्रमुख अतिथि अनि सभापतिले अा-अाफ्नाे सम्बाेधनमा जीवन दर्शन कृति हामीले पढ्न पाउनु भनेकाे जी एल चामलिङकाे सपनालाई विपनामा पाउनु सरह बताए। प्रणय राईले धन्यवाद गरेकाे कार्यक्रमलाई गजलकार अरूण साम्पाङले सञ्चालन गरेका थिए।

About Author

Advertisement