खरसाङ नजिक कुदिरहेको वाहनमा आगलागी

IMG-20231018-WA0193.jpg

खरसाङ: खरसाङ बजार पुग्ने बेलामा रोहिणी जिरोदेखि धोबीखेलीको बीचको भागमा रहेको रोडमा एउटा गाड़ीमा आगो लागेको जानकारी प्राप्त भएको छ। कुद्दै गरेको गाड़ीमा अचानक आगलागी भएको घटना चाल पाउन साथ खरसाङ ट्राफिक पुलिस र अग्नि शमन विभागका कर्मचारीहरू घटना स्थलमा पुगेका थिए। कुद्दै गरेको गाड़ी अचानक रोकिएपछि आफै आगो लागेको र उक्त गाड़ी ८० प्रतिशत नष्ट भएको जनाइएको छ। उक्त गाड़ी सुकनाबाट खरसाङ हुँदै दार्जिलिङ गईरहेको गाड़ीका प्रतिक छेत्रीले बताएका छन्। उनले बताए अनुसार खरसाङ बजार पुग्ने बेलामा रोहिणी जिरो र चुच्चे ढुङ्गा नजिक पुग्दा अचानक गाड़ी रोकियो र गाडीको बनेटमा आगो लाग्न थाल्यो। आगलागीमा ८० प्रतिशत गाड़ी नष्ट भएको छ।

अचानक गाड़ीमा आगो लागेको घटनापछि अग्निशमन विभागको कर्मचारीहरू आएर अागो निभाउने कार्य गरिएको र ट्राफिक पुलिस प्रशासन आएर ट्राफिक व्यवस्था सुचारू गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement