गान्तोक: सिङताममा आज बाढी प्रभावित परिवारहरूलाई राहत स्वरूव अनुग्रह राशि वितरण गरिएको छ। सिङताम नगर पञ्चायतको वार्ड नम्बर ५ का प्रभावितहरूलाई कुल १०२ चेक वितरण गरिएको बताइएको छ।
गत ४ अक्टोबर बिहान टिस्टा नदीमा आएको बाढीले सम्पत्ति, पशुधन तथा अन्य वस्तुहरूलाई पुऱ्याएको क्षतिको निम्ति अनुग्रह राशि प्रदान गरिएको हो। यस अवसरमा सिङताम नगर पञ्चायतका सभापति सुरेश तामाङ, पार्षद किशोर छेत्री र गान्तोक जिल्लाका अधिकारीहरूको उपस्थितिमा चेक वितरण गरियो।