गान्तोक: रोजिना तामाङले एक ठुलो कमयाबी हासिल गरि कि छिन्। दक्षिण सिक्किमको याङगाङ बीएसी अन्तर्गत सोके जुनियर हाई स्कूलकी रोजिना तामाङ, केन्द्र सरकारको योजना जनजाति कन्या छात्रवृत्तिको निम्ति छनौट भएकी छिन् र अब कक्षा पाँचमा अध्ययनरत रोजिनाले यस योजना अन्तर्गत राजस्थानको वनस्थली विद्यापीठमा आफ्नो उच्च शिक्षा आर्जन गर्ने सुनौलो अवसर पाएकी छिन्।
यस उल्लेखनीय उपलब्धीका लागि उनलाई हिजो विद्यालयका प्रधानाध्यापक, एसएमसी र वार्ड पञ्चायतहरूले खादा लगाइदिएर सम्मानित गरि उनको उज्जवल भविष्यको कामना गरेका छन्।