कोविड़ सिक्किम: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिला बढ्दै

IMG_20210910_192109-1-2.jpg

आज कोरोनाको ११४ नयाँ मामिला, ३९ जना भए कोरोनामुक्त, कसैको मृत्यु भएन

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको ११४ वटा नयाँ मामिला अघि आएको र ३९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज कसैको मृत्यु नभएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ४६७ जनाले कोरोना जाँच गरेकोमा, पूर्व सिक्किमबाट ६४ जनामा, पश्चिम सिक्किमबाट १५ जनामा, दक्षिण सिक्किमबाट ३१ जनामा र उत्तर सिक्किमबाट ४ गरि कुल ११४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर ४८९ पुगेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३८,१५९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,८७६ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४६० जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement