१६ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्न सफल भयो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत शनिवार भएको पूल ए-को म्याचमा ब्राइट एससी-ले पलाशबारी बिक्की एकाडमीलाई ४-१-ले पराजित गऱ्यो। ब्राइट एससी-बाट विजय रिजाल, सिद्धु छेत्री र खोकन रोयले १-१ गोल गरे। एक गोल आत्मघाती रह्यो। विजेता टीमका विजय रिजाललाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा वीर बिर्सा मुण्डा वरियर्स र तेलेपाड़ा फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट कोषाध्यक्ष देवराज छेत्रीले बताएका छन्।