विभिन्न संस्थाको पहलमा रक्तदान शिविर

blood_donation-735x400.jpg

सिलगढी: आज सिलगढी बार एसोसिएशन परिसरमा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविर सिलगढी तराई लायन्स ब्लड ब्याङ्क, सिलगढी बार एसोसिएशन, साथ वेलफेयर सोसाइटी एवम् लायन्स क्लब अफ् सिलगढी आनन्दोको पहलमा गरिएको थियो। लायन्स तराई ब्लड डोनेशन क्याम्पका अध्यक्ष कमलसिंह कुन्डालियाले सबैलाई स्वागत जनाउँदै बताए कि यस वर्ष १४औं रक्तदान शिविरको सिलगढी बार एसोसिएशन परिसरमा आयोजना गरिएको हो।यसरी समपन्न उक्त रक्तदान शिविरमा लगभग पचास युनिटभन्दा धेर रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। उक्त शिविरमा लायन्स क्लबका पूर्व गभर्नर अभिजीत सेन, अतुल भावर, सुशील बाजला लगायत सिलगढी बार एसोसिएशनका सदस्य एवम् संस्थाका सदस्यहरूको विशेष उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement