स्वदेश फर्किए अर्थमन्त्री डा. महत

Screenshot_20231015_190354_Dailyhunt.jpg

काठमाडौं: विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल टोली आइतबार नेपाल फर्किएको हो। अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आईएमएफको पदेन गभर्नर रहने व्यवस्था छ। त्यसैगरी अर्थ सचिव विश्व बैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आईएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ। बैठकमा वर्षभरको कार्य सम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल हुन्छ। संसार भरबाट अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी हुने यी वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त हुन्छ।
नेपाली टोलीले आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटी, कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युंग हो, युरोपियन युनियनका कमिसनर जुट्टा उर्पियालिनेन, आईएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर बो ली, विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विश्व बैंककै विकास वित्त तर्फका उपाध्यक्ष आकिहीको निशिओसँग फरक फरक दिनमा भेटवार्ता गरेको थियो। सो बाहेक सार्वजनिक विद्युतीय पूर्वाधारको महत्व र पूर्वसर्त, मानव पूँजी विकासमा लगानी, सहुलियतपूर्ण ऋणमा साना तथा जोखिममा रहेका राष्ट्रको पहुँच, मौसम परिवर्तनका सम्भाव्य प्रभावित २० देशको समूहको छलफलमा समेत नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु बाँडिएर सहभागी भएका थिए ।नेपाली प्रतिनिधि मण्डलमा अर्थमन्त्रीको नेतृत्वमा अर्थ सचिव र सहसचिव सहितका सदस्य र नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर सहितको टोली सहभागी भएको थियो। आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री सहितको टोलीले गरेको बैठकमा निजी लगानी तथा बाह्य पूँजी परिचालन बढाउने, सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्ने, नवप्रवर्तनीय वित्तीय उपकरणहरू साथै इक्विटी एक्सपोजरमा विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमा परियोजना विकासका लागि प्राविधिक सहयोग परिचालन गर्ने, स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पूँजी परिचालन गर्ने र आईएफसीको आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा यी कुरा समावेश गर्ने विषयमा छलफल भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *