दिल्ली-एनसीआरमा भूकम्पको झट्का, हरियाणाको फरीदाबादमा केन्द्रबिन्दु

Earthquake-copy

नयाँ दिल्ली: दिल्ली-एनसीआरमा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार दिल्लीसँगै नोएडा र गाजियाबादमा पनि धरती हल्लियो। उता, हरियाणाका धेरै ठाउँमा भूकम्प गएको छ। यसअघि अक्टोबर ३ मा राजधानी दिल्ली र एनसीआरमा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पको तीव्रता यति धेरै थियो कि मानिसहरु घरबाहिर निस्केर सडकमा आएका थिए। यद्यपी भूकम्पबाट कुनै क्षति भएको खबर भने आएको छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिल्ली–एनसीआरमा गएको भूकम्पको तीव्रता ३.१ थियो। दिउँसो ४ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रविन्दु हरियाणाको फरीदाबाद रहेको बताइएको छ। आइतबार बिदाको दिन भएकाले मानिसहरु घरभित्रै थिए तर जमिन हल्लिने वित्तिकै मानिसहरु बाहिर भागे।   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement