राज्यपालले दिए नवरात्रि स्थापनाको हार्दिक बधाई एवं शुभकामना

1000378729.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नवरात्रि स्थापनाको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, नवरात्रि स्थापनाको अवसरमा प्रदेशवासीहरू र आत्मीयजनलाई हार्दिक बधाई एवं शुभकामना।

शक्तिकी देवी मॉं शैलीपुत्रीले सबैका विघ्नहरू हरेर जीवनमा खुशी प्रदान गरुन्।

राज्यपालले अघि भनेका छन्, नवरात्रको पावन पर्व आराध्य देवी दुर्गाका नौ रूप सांकेतिक रूपले मातृ शक्तिको विविधता र महत्ताको सूचक हो जसले हामीलाई मातृ शक्तिप्रति आदर तथा सम्मान प्रकट गर्ने प्रेरणा प्रदान गर्दछ।

राज्यपालले यस अवसरमा मातृ शक्तिको सम्मान गरौं भन्दै मॉं शैलीपुत्रीले सबैको निम्ति उत्तम स्वास्थ्य एवं सुख-समृद्धि लिएर आउन् भनी कामना गरेका छन्।

About Author

Advertisement