पुलिसको नोकरीमा लगाइदिने भनी झूटो प्रशिक्षण दिने गिरोह पक्राउ

IMG_20220716_202043.jpg

सिलगढी: प्रधाननगर थाना पुलिसले पुलिसमा नोकरी लगाइदिने प्रलोभन देखाएर नक्कली पुलिसको प्रशिक्षण दिएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। तिनीहरुलाई आज अदालतमा पेश गर्यो।यस घटनामा पक्रा पर्नेहरू क्रमैले बालुरघाट निवासी लक्ष्मण चौधरी, विशु दास र चन्द्रा दास रहेका छन्। पुलिसले यस घटनामा ति नक्कली पुलिसहरुबाट पुलिसको वर्दी पनि उद्धार गरेको छ। यस विषयमा डीसीपी कुंवर भूषण सिंहले पत्रकार सम्मलेन गरेर भने, नक्कली पुलिस बनेर पुलिसको प्रशिक्षण दिएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।यस घटनामा एउटी महिला पनि सामेल रहेकी छिन्। घटनाक्रमअनुसार पक्रा पर्ने तीनजनाले बालुरघाटबाट २२ जना युवाहरूलाई सिलगढी नगरनिगमको २ नम्बर वार्डस्थित मुक्ता मञ्चमा पुलिसको प्रशिक्षण गराउन ल्याएका थिए। त्यहीँ समय एउटा ब्यागमा पुलिसको वर्दी देख्दा एकजना पुलिस अधिकारीलाई सन्देह लागेपछि प्रधान नगर थानालाई यसबारे जानकारी गराएका थिए। घटनाको खबर पाएर व्यापक पुलिस बल घटनास्थलमा पुगेर सबैलाई पक्राउ गरियो।यसरी हिरासतमा लिएर तिनीहरुलाई थानामा लगेपछि पुलिसले तिनीहरूसित सोधखोज गर्दा सबैलाई पुलिसमा नोकरी लगाइ दिनको लागि ट्रेनिङको लागि सिलगढी ल्याएको कुरा थाहा पाए। यसपछि पुलिसले लक्षमण चौधरी, विशु दास र चन्द्रा दासविरुद्ध मामिला दर्ता गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement