सिलगढ़ी- चेसको निम्ति जिल्लाका ३० खेलाड़ी प्रस्थान

00-1-Rajya-Samachar-3

किशनगञ्जः दुर्गा पूजाको अवसरमा दार्जीलिङ जिल्ला चेस संघको तत्वानधानमा सुपर चेस सिलगढ़ीद्वारा आइतवार उत्तर बंगाल मारवाड़ी पेलेस सिलगढ़ीमा प्रथम नवरात्रि सुपर शतरंज प्रथियोगिताको आयोजन गरिएको छ। यसमा भाग लिनका लागि ८,१०,१२ एवं १६ वर्षभन्दा कम आय़ुका खेलाड़ीहरूलाई आमन्त्रित गरिएको छ। यसमा सिलगढ़ी, जलपाइगढ़ी, मयनागढ़ी, रायगंज, कालियागंज, कूचबिहार, दार्जीलिङ, अलीपुरद्वार सहित वरिपरिका क्षेत्रहरूबाट लगभग २५० खेलाड़ीले भाग लिइऱहेका छन्।

यस प्रतियोगिताका लागि जिल्लाका पनि कूल ३० खेलाड़ी आइतवार बिहान प्रस्थान भइसकेका छन्। उपरोक्त जानकारी जिल्ला चेस संघका मानद महासचिव शंकर नारायण दत्ता एवं वरीय संयुक्त सचिव तथा यी खेलाड़ीहरूका कोच कमल कर्मकारले गरे। उनले विस्तारपूर्वक अघि भने, हाम्रो जिल्लाको अण्डर-८ विभागमा श्रीजय पाल, रीवा अग्रवाल, सार्थक आनन्द, युवान चौधरी, रौनक कुमार साहा, काव्या जैन, आरव अग्रवाल, अनाया अग्रवाल, अयान अग्रवाल, अथर्व राज एवं हार्दिक प्रकाश सामेल छन्।

अण्डर १० विभागमा धान्वी कर्मकार, सुरोनोय दास, जयब्रतो दत्ता, ग्रन्थ जैन, हिमान्स जैन, अंश कुमार साहा, इशिका अग्रवाल, तनय अग्रवाल, आयुष आनन्द, अजितेश साहा एवं रमित जैनले प्रतिस्पर्धा गर्नेछन्। अण्डर १२ विभागमा ऋत्विक मजूमदार, पलचीन जैन, धानी अग्रवाल, मानव कुमार, शरद बियानी एवं सुन्दर कुमार आफ्ना प्रतिद्वन्दी समक्ष चुनौती प्रस्तुत गर्नेछन् भने अण्डर-१६ विभागमा रचित बियानी एवं शिवम कुमार राय सामेल भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *