मालदामा महिलाको एसिडले जलेको शव भेटियो, हत्याको आशंका

00-1-Rajya-Samachar-3

मालदाः धानखेतबाट एउटी अज्ञात महिलाको एसिडले जलेको शव भेटिएको छ। घटना आइतवार बिहान हरिशचन्द्रपुर थाना क्षेत्रको नशारपुर गाउॅंको हो।

जानकारी अनुसार, महिलाको शरीरमा चोटका निशानहरू छन्। शवको छेउमा एसिडको बोतल, छुरी र गर्भ निरोधकको प्याकेट भेटिएका छन्। बिहान स्थानीय मानिसहरूले शव देखेपछि क्षेत्रमा निकै होहल्ला मचियो।

सूचना पाएर हरिशचन्द्रपुर थानाका पुलिस कर्मीहरू आइपुगे अनि शव मोस्टमार्टमको निम्ति मालदा मेडिकल कलेज पठाए। प्रारम्भिक जॉंचमा महिलाको सामूहिक दुष्कर्मपछि हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। महिलाको पहिचान गुप्त राख्न उसको अनुहारमा एसिड र धुलो खुर्सानी हालिएको छ। पुलिसले जॉंच शुरू गरेको छ।

About Author

Advertisement