जलपाइगढ़ीः हात्तीको हमलामा एक वृद्धि व्यक्तिको मृत्यु भएको छ। घटना आइतवार बिहान बानरहाट ब्लकको मुगलकाटा चिया कमानको लालटिङ लाइनको हो। मृत वद्धको पहिचान मोङ्गरा ओराव (६०) स्थानीय निवासीको रूपमा गरिएको छ।
जानकारी अनुसार, बिहान लगभग छह बजी मोङ्गरा शौचको निम्ति घर नजिक जंगलमा गएका थिए। तब एउटा हात्तीले उनीमाथि हमला गऱ्यो। जसबाट उनको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाएर बिन्नागढ़ी वन्यजीव कर्मी र बानरहाट थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति अस्पताल पठायो।
बिन्नागढ़ी वन्य जीव विभागको सूत्रहरू अनुसार, हात्ती मृतकको परिवारलाई सरकारी नियमानुसार क्षतिपूर्ति दिइनेछ।