जिल्लापाल निखारेको देखरेखमा राहत शिविरमा विभिन् गतिविधि सञ्चालन गरिने

IMG-20231014-WA0345.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको देखरेखमा बाढ प्रभावित परिवारको निम्ति स्थापना गरिएको राहत शिविरमा विभिन्न प्रकारको गतिविधि सञ्चालन गरिने गरिने भएको छ। राज्यका स्वास्थ्य एवम परिवार कल्याण विभागका सचिव डा. एबी कार्कीले सिङताम नगर पञ्चायत अन्तर्गत स्थापित राहत शिविरमा स्वंय उपस्थिति दिएर शिविरमा रहेका मानिसहरूलाई मानसिक साथै शारिरिकरूपमा मजबुत गराउनको निम्ति यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। सिङताम वरिपरि रहेका राहत शिविरमा यस प्रकारको गतिविधि सिङताम जिल्ला अस्पतालका चिफ मेडिकल अफिसर डा. टेम्पो भोटिया र नोडल अफिसर जडा. प्रभात मोक्तानले गर्ने भएका छन। सबै राहत शिविरमा योग लगायत अन्य गतिविधिहरूको आयोजना आइईसी र एमएलपीएचद्वारा गरिने भएको छ। उक्त शिविरहरूमा शिक्षा संचार, आधारभूत स्वच्छता सरसफाई र संक्रामक, खाद्य पदार्थ लगायत अन्य विषयहरूमाथि जानकारी गराइने छ। यसरी नै आपतकालीन अवस्था र दीर्घकालीन नसर्ने रोगहरूको लागि औषधि र आपूर्तिहरू सहित राहत शिविरहरूमा तैनाथ चिकित्सा टोलीहरूले जानकारी गारउने भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *