मल्लीमा अस्थायी शिविर शुरू गरियो

IMG-20231014-WA0343.jpg

नाम्ची: नाम्ची जिल्ला प्रशासनिक केन्द्रले बाढी प्रभावित परिवारको निम्ति एक अस्थायी शिविर पावर गेस्ट हाउसमा आजदेखि शुरू गरेको छ। मल्ली निर्वाचन क्षेत्र अन्तर्गत सुम्बुकका खण्ड विकास अधिकारीको नेतृत्वमा उक्त शिविर सम्पन्न भइरहेको छ।

विशेष गरेर बाढीका कारण घरलाई क्षति पुऱ्याएपछि घरमा रहेका महत्वपूर्ण कागज पत्र जोगाउन नसकेकाहरूको निम्ति सरकारले उनीहरूलाई कागज पत्र प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिने निर्णय लिएको हो। सो शिविरमा आधार कार्ड, मतदाता परिचय पत्र, सीओआई, बैवाहिक प्रमाण पत्र र जन्म प्रमाण पत्रको प्रदान गर्नको निम्ति प्रशासनले प्रक्रिया शुरू गर्ने जानकारी गराइएको छ।

उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन टिस्टा नदीको चपेटमा परि धेरै जनाले ज्यान गुमाउनु परेको थियो भने, धेरै मानिसहरू घरविहिन बन्ने पुगेका छन्। यस्तो अवस्थामा उनीहरूले आफूलाई मात्र जोगाउन सकेको तर महत्वपूर्ण कागज पत्र भने गुमाएका थिए। यसर्थ प्रभावित परिवारको समस्यालाई ध्यानमा राख्दै नाम्ची जिल्ला प्रशासनिक केन्द्रले अस्थायी शिविर सञ्चालन गरेको हो।

About Author

Advertisement