टिस्टामा स्थिति अब सामान्य बन्न थालेको छ: अनित थापा

IMG-20231014-WA0287.jpg

टिस्टा: टिस्टामा स्थिति अब सामान्य बन्न थालेको छ भनी जीटीए प्रमुख अनित थापाले आज बताएका छन्। उनले हाम्राे युवा, अन्य संघ संस्थाहरू सबैले मिलेर मैला, फोहोरको सफाई गरे। अब एक दुई घर पूर्ण रूपले सफा गरिनु बाँकी रहेको छ भनी बताएका छन्। थापाले टिस्टाको अपडेट दिन्दै आज भने, ‘साधारण मानिसहरुले गर्नु पर्ने कार्य अब सकिएको छ। हामीले टिस्टालाई हिलो अनि बालुवामुक्त टिस्टा बनाउन सक्षम भयौं। दोस्रो चरणमा नदी किनारामा बाँध बाँध्ने अनि ईन्जिनियरिङ्को काम सुरु हुनेछ।

म सबैलाई निवेदन गर्छु कि अब हामी मिशन रम्फु लिएर अघि बढौम। रम्फुको हालत झन खराब छ। त्यहाँ तपाईहरुको सेवाको आवश्यकता छ। हामीले कार्य शुरु गरिसकेका छौं। रम्फुलाई हिलो अनि बालुवामुक्त रम्फु बनाऔँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement