डेम्बेले २०२४-सम्म बार्सिलोनामै बस्ने

IMG-20220716-WA0092.jpg

१६ जुलाईः केही समय अघिदेखि ओस्माने डेम्बेले बार्सिलोना छोड़्ने चर्चा चलिरहेको थियो। स्पेनिश जाइण्ट बार्सिलोना छोड़ेर उनले अन्य क्लबमा नाम लेखाउने सम्भावना देखिएको थियो। परिस्थिति जटिल बन्दै गएपछि बार्सिलोनाका अध्यक्ष लापोर्तेले त डेम्बेले हाम्रो फूटबलर हैनन् पनि भनेका थिए। सबै मिलाएर परिस्थिति चरम नाटकीय बनेको थियो। यसैकारण गत केही समयदेखि डेम्बेलेको भविष्यलाई लिएर चरम अनिश्चितता देखिएको थियो तर अन्तमा गएर नाटकको सामपन भयो। फ्रान्सका स्ट्राईकर बार्सिलोनामै बस्ने तय भएको छ। उनलाई अब २०२४-सम्म बार्सिलोनाकै जर्सीमा देखिनेछ। क्लबको तर्फबाट जारी एउटा बयानमा डेम्बेलेसँग अनुबन्ध विस्तारको जानकारी दिइएको छ। खेलाड़ी र क्लबबीच अनुबन्ध गत जून महिना समाप्त भएको थियो। यसपाली दुवै पक्षको सहमतिमा त्यस अनुबन्धलाई २०२४-सम्मको निम्ति बढ़ाइएको छ तर यसपालीको अनुबन्धमा डेम्बेलेले पहिलाभन्दा ४० प्रतिशत कम्ती वेतन पाउनेछन्। २०२१-२२ सीजनको शुरुदेखि नै बार्सिलोना र डेम्बेलेबीच सम्पर्कमा तीक्तता आउन थालेको थियो। दुई पक्षबीच अनुबन्ध विस्तारलाई लिएर एकाधिक जटिलता देखिएको थियो। यसैकारण डेम्बेले टीमबाट पनि बाहिर भएका थिए। त्यसपछि समस्या समाधान गर्न मैदानमा ओर्लिए जाभी। समस्या समाधान गरी प्रशिक्षक जाभीले डेम्बेले नियमित टीममा राखे। यसैकारण फ्रान्सका फूटबलरले नियमित म्याच खेल्ने मौका पाए। २०२१-२२ सीजनमा सबै प्रतियोगिता मिलाएर ३२ वटा म्याच खेलेर डेम्बेलेले २ गोल पनि गरे। यसको साथमा साथी खेलाड़ीहरूद्वारा १३ वटा गोल पनि गराए। पाँच वर्षको बार्सिलोना करियरमा १५० वटा म्याच खेलेर उनले ३२ गोल गरिसकेका छन्। एसिस्ट रहेको छ ३४ वटा। दुईपल्ट ला लीगा खिताब जितिसकेका छन्। अब आउँदो सत्रमा उनी क्लबसँग सफलताको नयाँ इतिहास रच्न चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement