१६ जुलाईः श्रीलंकामा आर्थिक संकटले गर्दा आम नागरिकहरूका साथमा क्रिकेटरहरूले पनि समस्याको सामना गर्नु परिरहेको छ। श्रीलंकाका युवा क्रिकेटर चमिका करुणारत्ने गाड़ीमा पेट्रोल नहुँदा म्याच अभ्यासको निम्ति जान सकेनन्। करुणारत्नेले आफ्नो गाड़ीमा पेट्रोल हाल्नु दुई दिनसम्म प्रतीक्षा गर्नु पऱ्यो। उनले भने, हामी ठूलो समस्यामा छौं। म गत दुई दिनदेखि गाड़ीमा पेट्रोल हाल्न लाइनमा उभिएको छु। मैले गाड़ीमा जसोतसो १०,००० रुपियाँको पेट्रोल भरे। अब २-३ दिनसम्म चल्नेछ। त्यसपछि फेरि लाइनमा प्रतीक्षा गर्नु पर्नेछ। आर्थिक संकटसँग जुझ्नु परे पनि श्रीलंकामा क्रिकेटको आयोजन चाहिँ जारी छ। हालै अष्ट्रेलियाई टीम यहाँ आएको थियो भने अहिले पाकिस्तानको टीम दुईवटा टेस्ट म्याचको सीरीज खेल्न श्रीलंका आएको छ।
करुणारत्नेले २०१९-मा श्रीलंका टीमबाट पदार्पण (डेब्यू) गरेका थिए तर उनी अहिले देशको दुर्दशासँग निराश छन्। उनले एउटा इण्टरभ्यू-मा भने, भाग्यले गर्दा मैले दुई दिनपछि पेट्रोल पाए। देशमा तेल खतम भइसकेको छ। यसैकारण गाड़ी भएर पनि म अभ्यासको निम्ति जान सकेको छुइनँ। एशिया कपको आयोजन हुन गइरहेको छ अनि यस साल श्रीलंका प्रीमियर लीगको म्याचहरू पनि घोषणा भइसकेको छ। आउँदो दिनहरूमा के हुनेछ भन्ने मलाई थाहा छैन तर अभ्यासको निम्ति मलाई कोलम्बो र अलग-अलग स्थानहरूमा जानु पर्छ। क्लब सीजनमा पनि हिस्सा लिनु छ तर पेट्रोलको हाहाकारले गर्दा म जान सकेको छुइनँ। आउँदो एशिया कपको निम्ति म आफ्नो अनि श्रीलंकाई टीमको तयारीसँग सन्तुष्ट छु तर देशमा जारी संकटले चिन्ता बढ़ाएको छ।










