‘कल्कि २८९८ एडी’मा अमिताभ बच्चनको स्टाइलले बढायो उत्सुकता

Amitabh-Bachchan-Kalki-2898.jpeg

नयाँ दिल्ली: सिने जगतका मेगास्टार भनेर चिनिने अमिताभ बच्चनले आफ्नो ८१औं जन्मदिनको अवसरमा आफ्नो आगामी फिल्म ‘कल्की २८९० एडी’ को फर्स्ट लुकको पोस्टर सार्वजनिक गरेका छन्। यस आगामी फिल्ममा अमिताभ बच्चनको एकदमै फरक, नयाँ र अनौठो स्टाइल देखिनेछ। अमिताभ बच्चनको यो नयाँ लुक देखेर फ्यानहरुको उत्साह बढेको छ र उनीहरुले फिल्मको कथा पनि अनुमान गर्न थालेका छन्। यस फिल्ममा अमिताभ बच्चनसँगै प्रभास, दीपिका पादुकोण र कमल हसन जस्ता उत्कृष्ट कलाकार देखिनेछन्।

यस फिल्मको आफ्नो क्यारेक्टरको फर्स्ट लुक सार्वजनिक भएपछि बिग बीले फिल्मका निर्माताहरुलाई धन्यवाद दिँदै यस फिल्ममा आफ्नो भूमिका निकै चुनौतीपूर्ण रहेको बताएका छन्। कल्कीको फर्स्ट लुकमा अमिताभ निधारमा पट्टी बाँधेको योद्धाको रुपमा देखिएका छन्। अमिताभको यो लुकले मानिसलाई अचम्मित तुल्याएको छ भने अमिताभ आफैंले यस्तो भूमिका खेल्नु आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन्। हालै आफ्नो इन्स्टाग्राममा फिल्मको फर्स्ट लुक सेयर गर्दै अमिताभ बच्चनले लेखेका छन्, ‘मलाई यो चुनौती दिएकोमा वैजयन्ती मुभिजलाई मेरो धन्यवाद र कृतज्ञता। यसबाहेक ११ को अभिवादन, ‘चरण स्पर्श’ पनि छ। ठूला स्टारहरुको अभिनय रहेको कल्कि २८९८ अलौकिक पृष्ठभूमिमा बनेको फिल्म हो र यसमा युएफओ र फरक ब्रह्माण्डको परिकल्पना गरिएको छ। चलचित्रको छायांकन भइरहेको र २०२४ को पहिलो ६ महिनामा हलमा रिलिज हुने बताइएको छ।

फिल्ममा अमिताभ बच्चनको फर्स्ट लुकको कुरा गर्ने हो भने यो निकै रोचक छ र उत्साह बढाउने छ। फिल्मको पोस्टरमा अमिताभ बच्चनलाई ठूलो शालले बेरिएको देख्न सकिन्छ। यस पोस्टमा अमिताभ बच्चनको दाह्री र डरलाग्दा यति लामो छ कि उनको आँखा मात्र देखिन्छ। हातमा ठूलो लठ्ठी बोकेको पनि देख्न सकिन्छ। कल्कि २८९८- सन् २०१८ को राष्ट्रिय पुरस्कार विजेता चलचित्र महानतीको निर्देशनका लागि पनि चिनिएका नाग अश्विनले निर्देशन गर्दैछन्। यस फिल्ममा दीपिका पादुकोण र प्रभास पहिलो पटक सँगै देखिनेछन् भने दीपिका र अमिताभ बच्चनले यसअघि २०१५ मा आएको फिल्म पिकुमा काम गरिसकेका छन्। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *