टिस्टा त्रासदीः प्रभावित बन्ने मानिसहरूको संख्या ८८,००० भन्दा बढी

Sikkim-flash-flood-1.jpg

गान्तोक: सिक्किममा टिस्टा नदीमा आएको बाढीले गरेको विनोशको चपेटमा परेर प्रभावित बन्ने मानिसहरूको संख्या ८८,००० भन्दा धेरै पुगिसेको छ। बाढीले अहिलेसम्म ३७ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ भने ७८ जना अझै पनि बेपत्ता छन्।

उक्त जानकारी सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको हो।

प्राधिकरण अनुसार, टिस्टाको बाढीले सिक्किमको चार जिल्लाका ९९ गाउॅं/वार्ड/नगर पञ्चायतलाई आफ्नो चपेटमा लिएको छ भने 88 हजार ४०० जना प्रभावित बनेका छन्। सबैभन्दा धेरै उत्तर सिक्किमको मंगन जिल्ला प्रभावित बनेको छ। यहॉं बाढीले ३०३०० जना प्रभावित बनेका छन्।

दोस्रो स्थानमा पूर्व सिक्किमको पाकिम जिल्ला रहेको छ, जहॉं 30 हजार जना प्रभावित बनेका छन्। तेस्रो स्थानमा पूर्व सिक्किमको गान्तोक जिल्ला र चौथो स्थानमा दक्षिण सिक्किमको नाम्ची जिल्ला रहेको छ, जहॉं क्रमशः 20 हजार र ८१७० जना प्रभावित बनेका छन्।

बाढीले चार जिल्लाका कुल ३३ वटा पुल पूर्णरूपले ध्वस्त बनेका छन्। यस कारण सावरी साधनका साथै मानिसहरूको आवागमन ठप्प बनेका छन्। अर्कातिर, राहत एवं बचाउ कार्य पनि प्रभावित बनेको छ। वर्तमानमा १९ राहत शिविरमा कुल ३१२८ बाढी प्रभावितहरूले आश्रय लिएका छन्।

बाढी प्रभावित चार जिल्लामा कुल १८७० घर क्षतिग्रस्त भएका छन्। यसैगरी, बाढी प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म २५६३ जनालाई उद्धार गरिएको छ भने ४१६९ जनाको निकासी सुनिश्चित गरिएको छ।

स्मरण रहोस्, गत ३-४ अक्टोबर राति उत्तर सिक्किममा दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढीले सिक्किममा जनधनलाई व्यापक क्षति पुगेको छ।

About Author

Advertisement