साङ्कालाङमा जङ्गुलाई जोड्ने बॉंसको झोलुङ्गे पुल तयार

n5468534741697187993867bea5fe1f1125e07b354b9763bf331ece6e5e63d2c9d3bec2c0748e54761b4c94.jpg

मंगन: उत्तर सिक्किमको साङ्कालाङमा जङ्गुलाई जोड्ने बॉंसको झोलुङ्गे पुलको निर्माण कार्य पूरा गरिएको छ। यस पुललाई अहिले अझ बलियो बनाउन अभियन्ताहरू, वन अधिकारीहरू, भारतीय सेनाका जवनहरू र स्थानीय मानिसहरू लागिपरेका छन्।

गत ४ अक्टोबर बिहान टिस्टा नदीको बाढीले साङ्कालाङमा निर्मित पुल पूर्णरूपमा ध्वस्त बनेपछि जङ्गुसॅंग सम्पर्क टुटेको थियो। यहॉं मानिसहरूको आवागमन सुनिश्चित गर्दै राहत कार्यलाई तीव्रता प्रदान गर्न तत्काल राहत स्वरूप यो बॉंसको अस्थायी झोलुङ्गे पुल निर्माण गरिएको बताइएको छ।

यस अस्थायी पुलको निर्माण मंगन जिल्लाका जिल्ला पञ्चायतको देखरेखमा अनि डीई, जिल्ला सरोज अधिकारीको अगुवाईमा गरिएको हो। जङ्गु निर्वाचन क्षेत्रका विधायक पिन्चो नामग्याल लेप्चाले पनि पुलको निर्माण कार्यमाथि लगातार निगरानी रार्ख्दै जिल्लाका अधिकारीहरूबाट जानकारी लिइरहेका थिए।

यो बॉंसको झोलुङ्गे पुल तयार भएपछि अब जङ्गुका मानिसहरूलाई मंगन जिल्ला मुख्यालय पुग्न सजिलो हुनेछ। यस ठाउॅंमा जङ्गुवासीहरूसम्म आवश्यक वस्तुहरू अपूर्ति गर्न जिपलाइन पनि निर्माण गरिएको छ। यो झोलुङ्गे पुल नदीदेखि १५ मिटरको उचाईमा ७९ मिटर लामो रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement