आफ्नै स्वास्नीको हत्या गरेको लोग्नेविरुद्ध अभियोग

Screenshot_20231013_152542_Samsung-Internet.jpg

काेचबिहार: सिरानीले थिचेर स्वास्नीको हत्या गरेको लोग्नेविरुद्ध अभियोग उठेको घटन काेचबिहारको पुन्डीबारी थाना अन्तर्गत बाँसदाह नतिबारी इलाकामा घटेको हो। मृतक महिला २० वर्षीय रिम्पा सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग २ वर्ष अघि रिम्पा सरकारको प्राथमिक स्कुलका शिक्षक उत्तम मण्डलसित बिहे भएको थियो। आरोप अनुसार बिहेपछि रिम्पामाथि विभिन्न प्रकारले अत्याचार गर्ने गर्दथ्यो। यसपछि रिम्पा माइता गएर बस्न थालिन्। हाल रिम्पा र तिनको लोग्ने पनि त्यहीँ बस्ने गर्थे। परिवारका सदस्यहरूले बताएअनुसार गत राति सँगै खाना खाएपछि तिनीहरू कोठामा सुत्न गएका थिए। आज बिहान सो कोठामा ताला झुन्ड्याएको देखेपछि ताला भत्काएर भित्र पसेर हेर्दा ओछ्यानमा कम्बल र सिरानीले थिचेको अवस्थामा रिम्पाको लाश भेट्टाएको बताइएको छ। रिम्पाको लोग्नेले तिनको हत्या गरेर त्यहाँबाट भागेको परिवारको आरोप रहेको छ। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement