असम रायफल्सले २० हजार याबा गोली जफत गऱ्यो

IMG-20230410-WA0169-11-300x172-3

कछार: असम राइफल्स र लखीपुर पुलिसले एक संयुक्त अभियानमा एक स्कूटीबाट २० हजार याबा गोली जफत गऱ्यो। सिलचर-इम्फाल राष्ट्रिय राजमार्ग ३७ नजिकबाट गोलीहरू जफत गरियो।

गोलीलाई स्कूटी (एएस-११के-५२५३) मा बिक्रीको निम्ति ल्याइएको थियो।

स्थानीय मार्कुलिन निवासी सीएमथार मार नाम गरेको आपूर्तिकर्तालाई गोलीको साथ पक्राउ गरिएको थियो। असम राइफल्सले भन्यो, जफत गरिएका गोलीहरूको बजार मूल्य लगभग एक करोड़ रूपियाँ छ। सप्लायरदेखि स्कूटीको साथ एउटा मोबाइल फनि पनि जफत गरिएको छ। पक्रा परेको तस्करसित लखीपुर थानामा सोधपुछ भइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement