गायिका दिलमाया खातीको निधनमा खरसाङमा शोक सभा सम्पन्न

IMG-20231012-WA0284.jpg

खरसाङ: नेपाली संगीत जगतका ख्यातिप्राप्त गायिका दिलमाया खातीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै आज गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा शोक सभाको अायोजना गरिएको छ। पुस्तकालयको अध्ययन कक्षामा सम्पन्न उक्त शोक सभा गोर्खा जनपुस्तकालयको उप सभापति प्रकाश प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त शोक सभामा ख्यातिप्राप्त गायिका दिलमाया खातीको निधनमा गहिरो श्रध्दाञ्जली अर्पण गर्दै एक मिनटको मौन धारण गरिएको छ। शोक सभामा पुस्तकालयको पदाधिकारीहरू, साहित्यकारहरू, सूचना अनि सांस्कृतिक विभागको कलाकारहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, खरसाङ क्षेत्रका गायक गायिकाहरू, संगीतकारहरू, कलाकारहरू उपस्थित रहेका थिए। सभामा सबैले गायिका दिलमाया खातीलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। शोक सभामा वरिष्ठ समाज सेवक तिलक शर्मा, शास्त्रीय संगीतका गुरु गोबिन्दसिंह घतानी, संगीतकारद्वय महेश्वर लामा, उपेन्द्र प्रधान, गायिकाहरू नम्रता बल, सुचितासिंह खाती, सूचना अनि सांस्कृतिक विभाग खरसाङका अधिकारी गोबिन्द छेत्री, साहित्यकार वीणा राई, पूर्व शिक्षिका उषाकिरण तामाङ आदिले ख्यातिप्राप्त गायिका दिलमाया खातीको विषयमा जानकारीहरू राख्दै श्रध्दाञ्जली अर्पण गरेका थिए। यस शोक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाईलीले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement