गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यदि उनी जनताको हित गर्न सक्दैनन् भने उनी मुख्यमन्त्रीको पदमा रहने कुनै तात्पर्य छैन भनेका छन्।
उनले भनेका छन्, कांग्रेस तथा केही दलहरूका केही आन्दोलनकारीहरूले संधै नै अरूणोदय योजनाको विरोध गर्छन्।
यस योजनाको माध्यमले हिताधिकारी खड़ा गरिरहेको भनेर यसको निन्दा गर्छन्। मानिसहरूको हितमा काम गर्न सकु, जसको जुन प्राप्य अधिकार छ, त्यो उनीहरूलाई दिलाउन सकु, यही उद्देश्यले म मुख्यमन्त्री बनेको हुँ।