तृणमूल कङ्ग्रेसद्वारा आवश्यकमन्द महिलाहरूलाई नयाँ लुगाफाटा वितरण

7dbf9dd0-7abf-42a5-9d21-1132196446d0-1024x576.jpg

राजगञ्ज: दुर्गा पुजाको उपलक्ष्यमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले आज २०० जना आवश्यकमन्द महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरे। आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको चकियाभिटा बुथ तृणमूल कङ्ग्रेसको तर्फबाट उक्त लुगाफाट वितरण गरिएको हो। आमबारी शक्तिसोपन क्लब मैदानमा एउटा कार्यक्रमको माध्यमद्वारा राजगञ्जका विधायक खगेश्वर रायले मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे। यस अवसरमा तिनले भने, लगभग दस वर्षदेखि बिन्नागढी ग्राम पञ्चायतको चकियाभिटा बुथ तृणमूल कङ्ग्रेसको तर्फबाट पुजाको अवसरमा लुगाफाट वितरण गर्दै आइरहेको छ। यस वर्ष पनि आफूहरूलाई लुगाफाटा वितरण गर्नको लागि आमन्त्रित गरिएको हो। यस अवसरमा राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसका अध्यक्ष अरिन्दम ब्यानर्जी, राजग्ञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसका अध्यक्ष तुषार दत्त, पार्टी नेता विजय दास समेत स्थानीय पञ्चायत सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement