बाढ पीडितहरूलाई टिस्टामा स्वास्थ्य जाँच

si.jpg

टिस्टा: प्राकृतिक प्रकोपमा परेका बाढ पीडितहरूलाई आज सिलगढीका डाक्टरहरूले टिस्टामा स्वास्थ्य जाँच गरिरहेका छन्। टिस्टा कम्युनिटी हलमा मेडिका क्यान्सर अस्पताल, रांगापानी, मेडिका नर्थ बेंगल क्लिनिक, सिलगढी अनि बिकिरण फाउन्डेसनको संयुक्त तत्वावधानमा आयोजित शिविरबाट धेरै मानिसहरूले नि:शुल्क सेवाको लाभ उठाइरहेका छन्। यो स्वास्थ्य शिविरमा डा. मनिश गोस्वामी, डा. बिप्लव भट्टराई, डा. अभिजीत शरण, डा दावा छिरिङ भुटिया र अन्य स्वास्थ्य विशेषज्ञहरूले रोगीहरूको स्वास्थ्य जाँच गरिरहेका छन्।

About Author

Advertisement