काेलकाता: दुर्गा पूजाअघि उत्तर बंगालका चिया कमानहरूका लागि राम्रो खबर आएको छ। उत्तर बंगालका चिया कमानहरूले वित्त वर्ष २०२२-२३ को निम्ति १९ प्रतिशतको बोनस भुकतानमा समझौता गरेका छन्।
उद्योगका एक अधिकारीले यो जानकारी गराएका छन्। यसमा डुवर्स र तराई सामेल छन्। वित्त वर्ष २०२१-२२ मा यस क्षेत्रका चिया कमान श्रमिकहरूलाई भुकतान गरिने वार्षिक बोनस २० प्रतिशत थियो।
भारतीय चिया संघ (टीएआई) का महासचिव प्रबीर भट्टाचार्यले भने, प्रबन्धन र यूनियनहरूले वित्त वर्ष २०२२-२३ को निम्ति डुवर्स र तराईका मैदानी क्षेत्रहरूमा चिया कमानहरूका कर्मचारीहरू र श्रमिकहरूलाई बोनसको भुकतान १९ प्रतिशत रहने फसेला गरेका छन्। दार्जीलिङलाई छोड़ेर उत्तर बंगालमा लगभग १३५ चिया कमान परिचालनमा छन्। यसबीच दार्जीलिङ चिया कमानहरूका लागि बोनस भुकतानको मुद्दा अहिलेसम्म समाधान भएको छैन किनभने यूनियनहरूले २० प्रतिशतको माग गरेका छन् जबकि प्रबन्धनले ८.३३ प्रतिशतको भुकतान गर्नसक्छ।
उल्लेख्य, उत्तरबंगालका चिया कमानहरूमा धेरै नै गरीब मजदूरहरूले काम गर्छन्। यिनीहरूको स्थिति नियमित रूपमा सुध्रिनुको साटो अझ् खराब हुँदै गइरहेछ। तरैपनि उनीहरूको बोनसमा वृद्धिको निम्ति लगातार आन्दोलन भएपनि कुनै लाभ हुँदैन। मजदूरहरूको यूनियनहरूले राज्य सरकार र केन्द्र सरकारको साथ कमान मालिकहरूबीच त्रिस्तरीय बैठकको माग गरेका छन्।