काेलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले महालयाअघि एक पल्ट फेरि दुर्गा पूजाको उद्घाटन गर्ने मन बनाएकी छन्। नियमानुसार महालयका दिनदेखि देवीपक्षको शुरूआत हुन्छ र त्यसअघि पितृपक्ष रहन्छ, जसमा पूजा पाठको अनुमति हुँदैन।
तर बिहिवारदेखि नै मुख्यमन्त्री ममता ब्यानर्जीले भर्चुअली दुर्गा पूजा पण्डालहरूको उद्घाटन गर्ने मन बनाएकी छन्।
उनी साझँ चार बजी कालीघाट हाउसबाट भर्चुअली पूजाको उद्घाटन गर्नेछिन्। मुख्यमन्त्रीले भोली श्रीभूमि, हाथीबागान, टाला पार्क, अहिरीटोला समेत कोलकाताका छह पूजाको उद्घाटन गर्नेछिन्। कोलकाता बाहेक २२ जिल्लामा एक हजारभन्दा धेरै पूजाको उद्घाटन गरिनेछ। खुट्टामा चोट लागेको कारण डाक्टरहरूले मुख्यमन्त्रीलाई घरमा आराम गर्ने सुझाउ दिएका छन्। यसअघि गत सालपनि उनले देवी पक्ष शुरू हुनअगावै दुर्गा पूजाको उद्घाटन गरेकी थिइन्, जसलाई लिएऱ भाजपा हमलावर थियो।