‘थिएटर कमाण्ड’ बनाउने प्रक्रिया भारतीय सशस्त्र बलहरूको महत्वाकांक्षी सुधारहरूमध्ये एक हो: सीडीएस

unnamed_1200x768.jpeg

सेनाध्यक्ष जनरल मनोज पाण्डेले रूसी-यूक्रेन संघर्षको कारणले क्षेत्रमा बढ़ेको अशान्तिमाथि चिन्ता व्यक्त गरे

वायु सेना प्रमुखले क्षमता विकास, प्रौद्योगिकी आत्मसात, संयुक्तता औ एकीकरणमाथि बल दिए

नयाँ दिल्ली: भारतका चीफ अफ् डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानको भनाइ छ, स्वतन्त्रता पश्चात सशस्त्र बलहरूलाई पुनर्गठन गर्नका लागि ‘थिएटर कमाण्ड’ बनाउने प्रक्रिया भारतीय सशस्त्र बलहरूको सबैभन्दा महत्वाकांक्षी सुधारहरूमध्ये एक हो। सेनाध्यक्ष जनरल मनोज पाण्डेले रूस-यूक्रेन संघर्षको कारणले क्षेत्रमा बढ़ेको अशान्तिमाथि चिन्ता व्यक्त गरे। वायु सेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीले वायु सेनाको आधुनिकीकरणको लागि व्यापक दृष्टिकोण प्रस्तुत गरे जसमा क्षमता विकास, प्रौद्योगिकी आत्मसात, संयुक्तता औ एकीकरणमाथि बल दिइएको छ।

नयाँ दिल्लीमा एउटा संगठनद्वारा आयोजित ‘इण्डिया डिफेन्स कन्क्लेभ’-लाई सीडीएस जनरल चौहान, थल सेनाध्यक्ष जनरल मनोज पाण्डे र वायु सेना प्रमुख एयर चीफ मार्शल विवेक राम चौधरीले सम्बोधन गरे। सीडीएसले तीनै सेनाहरूमा व्यापक परिवर्तनको योजना तयार गर्नका लागि सेना प्रमुखहरू तथा स्वयंबीच आम सहमति कायम गर्ने विषयलाई रेखांकित गरे। उनले भने, परिवर्तनको प्रयासबाट नौ प्रमुख कार्य क्षेत्रहरूको पहिचान भइसकेको छ जसमा परिचालन, परिचालन-लजिस्टिक्स, प्रशिक्षण, मानव संसाधन, प्रशासन एवं आपूर्ति श्रृंखला प्रबन्धन सामेल छन्। भारतका दोस्रो सीडीएस जनरल चौहानले ‘थिएटर कमाण्ड’ -लाई लिएर यसमाथि प्रकाश पारे, आम सहमति महत्वपूर्ण हुनका साथै सामूहिक उद्देश्यहरूलाई हासिल गर्नमा समझौताको कुरा पनि महत्व राख्दछ।

कन्क्लेभमा थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले घरेलू रक्षा उद्योगको प्रगतिको बारेमा विवरण साझा गरे। उनले बताए अनुसार कुल ३४० स्वदेशी रक्षा उद्यमहरू आगामी वर्ष २०२५-सम्ममा २३० अनुबन्धहरूलाई साकार पार्नमा सक्रिय रूपमा लागिपरेका छन् जसमा २.५ लाख करोड़ रुपियाँको निवेश हुनेछ। उनले वर्तमानमा जारी रूसी-यूक्रेन संघर्षमाथि चिन्ता व्यक्त गर्दै भने, यसले क्षेत्रमा अशान्तिलाई अझ बढ़ाएको छ। यिनीहरूमाझ पूँजीगत खरिदको लागि आपातकालीन खरिद प्रावधानहरू १ देखि ३ अन्तर्गत १७,५०० करोड़ रुपियाँको परिव्यययुक्त लगभग ६८ अनुबन्ध पूरा भएको छ। आपातकालीन खरिद प्रावधान ४ अन्तर्गत १०,९०० करोड़ रुपियाँको परिव्ययसितै ७३ अनुबन्ध गरिएको छ।

उनले भने, हतियार र उपकरणहरू बाहेक सशस्त्र बलले सैन्य अनुप्रयोगहरूका लागि तयार गरिएका ४५ विशिष्ट प्रौद्योगिकीहरूमाथि सक्रिय रूपमा काम गरिरहेको छ। अग्रणी शैक्षणिक संस्थानहरूलाई सहयोग गर्दै भारतीय सेना सेलले विभिन्न क्षेत्रमा विशेष अनुसन्धान गरिरहेको छ। वर्तमानमा १२० स्वदेशी परियोजनाहरू प्रगतिमा छन् जुन यी विशिष्ट प्रौद्योगिकीहरूलाई विकसित गर्न र आत्मसात गर्नको लागि समर्पित छन्। विशेष गरी तकनिकी संस्थानहरूले उत्कृष्ट केन्द्र स्थापित गरेका छन् जसमा ५जी परीक्षण, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगशाला औ एक क्वान्टम प्रयोगशाला सामेल छन्।

यसअघि वायु सेना प्रमुख एयर चीफ मार्शल विवेक राम चौधरीले वायु सेनाको आधुनिकीकरणको लागि एक व्यापक दृष्टिकोण प्रस्तुत गरे जसमा क्षमता विकास, प्रौद्योगिकी आत्मासात, संयुक्तता औ एकीकरणमाथि बल दिएइको छ। वायु सेना प्रमुखले भने, स्वदेशी लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) परियोजनाले राष्ट्रिय एयरोस्पेस पारिस्थितिकी तन्त्र बनाउनमा महत्वपूर्ण भूमिका निभाएको छ जसमा १४० डिजाइन एजेन्सीहरू र ३४० उत्पादन एजेन्सीहरू सामेल छन्। यस अतिरिक्त यस पहलले निजी क्षेत्रमा लगभग ५००० नीकरी सृजना गरेको छ। उनले भने, भारतीय वायुसेना ९७ अतिरिक्त एलसीए एमके-१ए विमानहरूको अर्डर गर्न तयार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement