युवाहरू शान्ति, समृद्धि औ अनुशासनको मार्गमा हिँड़ोस्, राष्ट्र स्वतः समृद्ध हुनेछ: राष्ट्रपति

a63ae169-c540-422c-ad1c-cbc897d97895.jpg

श्रीनगर: भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार भनिन्, युवाहरू शान्ति, समृद्धि औ अनुशासनको मार्गमा हिँड़्यो भने राष्ट्रले स्वतः समृद्ध एवं प्रगति गर्नेछ। उनले कश्मीर विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा ४६२-जना विद्यार्थीहरूमध्ये २१ जना टपर्सलाई स्वर्ण पदक प्रदान गरिन्।

राष्ट्रपति द्रौपदी मुर्मूले दीक्षान्त समारोहमा आफ्नो भाषण ‘ये चे मौज कश्मीर’-बाट शुरू गरिन्। उनले भनिन्, ‘म यहाँ आएर खुसी भएकी छु। म विभिन्न दीक्षान्त समारोह तथा देशका विभिन्न संस्थान अनि विश्वविद्यालयहरूमा गएकी छु, तर म युवाहरूलाई भन्न चाहन्छु कि यो परिसर अन्यको तुलनामा अधिक सुन्दर छ।’

उनले भनिन्, राष्ट्र त्यसबेला मात्र अधिक समृद्ध हुनेछ जतिबेला अधिकभन्दा अधिक युवाहरू शान्ति र समृद्धिको मार्गमा हिँड़्नेछन्। युवाहरूले अनुशासनलाई पालन गऱ्यो भने राष्ट्रले प्रगति गर्नेछ। कश्मीर विश्वविद्यालयलाई पहिलाबाटै हजरतलबको आशीर्वाद प्राप्त भएको छ र आगामी दिनहरूमा पनि प्राप्त हुनेछ।

राष्ट्रपति मुर्मूले भनिन्, ‘म कश्मीर विश्वविद्यालयका विद्यार्थीहरूलाई उच्च शिक्षा अतिरिक्त सामाजिक सेवाहरूमा पनि भाग लिएको हेर्न चाहन्छु ताकि समाजमा परिवर्तन आओस्।’

कश्मीरलाई प्राप्त प्राकृतिक उपहार, पर्यावरणको रक्षामाथि बल दिँदै उनले कश्मीरी भनाइ- ‘अन्न पोशे तेली येले वान पोशे’-लाई दोहोऱ्याइन्। उनले भनिन्, प्रकृतिको रक्षा गर्नु हाम्रो दायित्व हो र यसमा युवाहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। कश्मीर विश्वविद्यालयले हिमालयन ग्लेशियरहरूको रक्षाको लागि आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेकोछ। धेरैवटा मोर्चामा शोधको श्रृंखला पनि जारी छ। राष्ट्रपतिले राष्ट्रिय शिक्षा नीतिलाई पूर्ण रूपले लागू गरेकोमा अनि अन्य राज्य एवं केन्द्रशासित प्रदेशहरूभन्दा अग्रपंक्तिमा रहेकोमा जम्मू-कश्मीरलाई बधाई दिइन्।

राष्ट्रपति मुर्मूलाई हवाईअड्डामा उपराज्यपाल मनोज सिन्हाले स्वागत गरे जहाँ उनलाई गार्ड अफ् अनर दिइयो। हवाईअड्डाबाट राष्ट्रपति मुर्मू युद्ध स्मारकमा शहीद सैनिकहरूलाई श्रद्धाञ्जलि दिनका लागि श्रीनगरस्थित सेनाको १५ कोर मुख्यालय पुगिन्। उनले आज एक रात श्रीनगरमै बिताउनेछन् र यस अवधि स्थानीय आदिवासी समूह तथा महिला स्वयं सहायता समूहसित बातचित गर्नेछन्। राष्ट्रपति बिहीवार बिहान जम्मूको कटरास्थित माता वैष्णौ देवी मन्दिर तर्फ प्रस्थान हुनेछन् जहाँ उनले पुनर्निर्मित पार्वती भवन औ स्काई वकको उद्घाटन गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement