प्रभावित क्षेत्रहरूमा रोगबाट बचाउन फगिङ शुरू

n545993052169696157080219047815472a9960dba6e4a18b2f9801173d8bd846814906a67d6985fa2eb975.jpg

गान्तोक: स्वास्थ्य तथा कल्याण विभागअन्तर्गतको राष्ट्रिय किटजन्य रोग नियन्त्रण कार्यक्रम र एकीकृत रोग सर्वेक्षण कार्यक्रम अन्तर्गत राज्यको प्रभावित क्षेत्रमा फगिङ अभियान शुरु गरेको छ।

यो अभियान गत ६ अक्टोबरको दिन सिङ्ताम, रम्फू आदर्शगाउँ, सिरवानी, मामरिङ र नाम्ची जिल्ला अन्तर्गतका अस्थायी राहत शिविरहरूमा शुरू भएको हो।

उक्त टोली आज उत्तर जिल्लाको प्रभावित स्थल पुगेको छ। सोही टोलीमा कूल ५ जना सदस्यहरू रहेका छन्। स्वास्थ्य सेवा राज्य कार्यक्रममा कार्यक्रम निर्देशक डीसी शर्माको नेतृत्वमा गएको टोलीले उत्तर जिल्लाको विभिन्न प्रभावित क्षेत्रमा फगिङ गर्ने भएको छ। विशेष गरेर फगिङ गर्दा विभिन्न रोग उत्पन्न गर्ने किटानुहरू मर्ने र मानिसहरूलाई विभिन्न रोग लाग्नबाट बचाउने छ।

About Author

Advertisement