खाद्य एवं नागरिक आपूर्ति विभागको पहल दोकानहरूको गरियो निरीक्षण

IMG-20231010-WA0257.jpg

गान्तोक: राज्यका खाद्य एवं नागरिक आपूर्ति विभागको बजार निगरानी टोलीहरूले आवश्यक वस्तुहरूको उपलब्धता सुनिश्चित गरिरहेको छ। गान्तोकमा विभागका टोलीहरूले दोकान, पेट्रोल पम्प अनि एलपीजी वितरकहरूको निरीक्षण गर्दै होर्डिङ अनि अतिरिक्त शुल्क लिइएको छ-छैन भन्ने बारेमा जाँच गरिरहेको छ।

निरीक्षण अवधि अधिकांश दोकानहरूले तोकिएको मूल्यलाई नै पालन गरेको पाइएको विभागले बताएको छ। तथापि, पारदर्शिता दर्शाउन दोकानहरूमा सामानको मूल्यको सूची देखाएर राख्नुपर्ने टोलीले सुझाउ दिएको छ। सामग्रीको सूची देखाएर नराख्ने दोकानहरूलाई विभागद्वारा चेताउनी दिइएको छ।

बजार मूल्य निरन्तर रूपमा सामान्य राख्न दोकानहरूले अत्यधिक मूल्य लिइए तत्कालै रिपोर्ट गर्नुपर्ने विभागले उपभोक्ताहरूलाई अपील गरेको छ। यसबारे सामूहिक रूपमा पहल गर्नुपर्ने विभागले आह्वान गरेको छ।

About Author

Advertisement