राज्यपालले गरे टुङ नागाको प्रभावित स्थलको निरीक्षण

IMG-20231010-WA0253.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज मंगन जिल्लाको टुह नागाको प्रभावित स्थलको निरीक्षण गरे। उनले भ्रमणको गर्नुको प्रमुख लक्ष्य र उद्देश्य हालै टिस्टा नदीको जलस्तरमा वृद्धि भएपछि टुङ नागा लगायत विभिन्न ठाउँलाई व्यापकरूपमा क्षति पुऱ्याएकोबारे मूल्याङकन गर्नु रहेको थियो। भ्रमण अवधि उनले नागामा स्थापना गरिएको राहत शिविरमा पुगेर त्यहाँ आश्रित मानिसहरूसँग कुराकानी गर्दै राज्य सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने उनले आश्वासन दिए। यसै क्रममा राज्यपालले नागा गाउँको अवस्था र मेडिकल टोली, घटना आदिबारेमा पनि छलफल गरे। यस्तो कठीन अवस्थामा पनि एनडीआरएफद्वारा गरिएको काम र फुदुङ गुम्बाद्वारा सहयोग पुऱ्याएको कुराको प्रशंसा गरे। राज्यपालले राज्य सरकार र केन्द्र सरकारले पीडितहरूको निम्ति सबै प्रकारले सहयोग पुऱ्याउनको निम्ति पहल गरिरहेको पनि जानकारी गराए।

यसरी नै भ्रमणको क्रममा उनले टुङ वार्डसम्म पुग्ने वैकल्पिक सडकको पनि निरीक्षण गर्दै नजिकका क्षेत्रहरूमा सडक निर्माणबारेमा जानकारी लिए। सोही प्रकारले उनले चाँदेमा रहेको आईटीआई कलेज राहत शिविरको भ्रमण गर्दै केही समय राहत शिविरमा आश्रित मानिसहरूसँग विताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement