कोलकाताः पश्चिम बंगालको प्रसिद्ध रसगुल्ला सहित अन्य मिठाइहरूलाई विदेश पठाउनको लागि भारतीय डाकले विशेष पहल गरेको छ। यसको लागि स्पेशल कुरियर सर्भिस शुरू गरिएको छ। भारतीय डाक विभागको पश्चिम बंगाल सर्कलद्वारा शुरू गरिएको विशेष कुरियर सेवाको लाभ उठाएर अब पश्चिम बंगालका मानिसहरूले विदेशमा बसोबास गर्दै आइरहेका आफ्ना प्रियजनहरूलाई मिठाइ पठाउन सक्नेछन्। ‘प्याक्ड रसगुल्ला’ पठाउनको लागि प्याकेजिङ्गको जिम्मा पठाउनेको हुनेछ।
विभागको पश्चिम बंगाल सर्कलका वरिष्ठ अधिकारीले बताए, केही निजी कुरियर सेवा कम्पनीहरूले पहिलादेखि नै प्याक्ड मिठाइको खेप विदेशहरूमा पठाउनको लागि सेवाको प्रस्ताव राखिरहेका छन्। तर यी निजी कम्पनीहरूद्वारा लिइने दर धेरै छ। भारतीय डाक विभागको पश्चिम बंगाल सर्कलद्वारा प्रदान गरिने सेवा निजी संस्थानहरूद्वारा लिइने दरहरूको तुलनामा धेरै सस्तो हुनेछ।
उनले दाबी गरे, विभागले यस परियोजनालाई ‘रसगुल्ला’-सित जोड़ेर लोकप्रिय बनाइरहेको छ, तर यस रूचिकर बंगाली मिठाइको वैश्विक प्रसंशालाई मध्यनजर गर्दै अन्य राज्यहरूबाट पनि कुनै पनि लोकप्रिय मिठाइ आफन्तहरूलाई पठाउन सकिनेछ। डाक विभागका अधिकारीले भने, यहाँसम्म कि घरमा बनाइएको मिठाइ जुन चाड़-पर्वमा आम हुन्छ, त्यसलाई पनि विशेष सेवाको माध्यमबाट विदेशमा पठाउन सकिन्छ। एकमात्र शर्त के हो भने पठाउनेले यसको पेशागत प्याकेजिङ्गको व्यवस्था गर्नुपर्छ।
-हिस