लगभग तीन लाख रूपियाँको जाली नोटको साथ तस्कर पक्राउ

IMG-20230528-WA0320-5-300x172-3

कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले ठोस सूचनाको आधारमा छापा मारेर कोलकाताको बाबू घाट क्षेत्रबाट भारी मात्रामा जाली नोटको साथ दुई तस्करलाई समाएको छ। यिनीहरूको पहिचान मोहम्मद रिजवान करीम (२८) र जमीरूल (२५) को रूपमा गरिएको छ। दुवै मालदा जिल्लाको वैष्णवनगर थाना क्षेत्रका बासिन्दा हुन्। एसटीएफका उपायुक्त आईपीएस वी शोलेमन नेशा कुमारले मंगलवार जानकारी गराए, सोमवार अबेर साझँ ठोस सूचना पाएपछि कोलकाताको बाबू घाट क्षेत्रमा घेराबन्दी गरिएको थियो।

दुवै संदिग्ध जस्तै यहाँ पुगे, यिनीहरूलाई घेरेर हिरासतमा लिइयो। यिनीहरूको तलाशी लिँदा यिनीहरूदेखि ५०० रूपियाँको ६०० जाली नोट जफत गरियो। असली मुद्रामा यसको दर तीन लाख हुन्छ। यिनीहरूले खुलासा गर्दै बताए, यिनीहरू जाली नोटहरूको तस्करी गर्न कोलकाता आएका थिए। यिनीहरूसित सोधपुछ गरी यिनीहरूका अन्य साथीहरूबारे जानकारी जुटाइँदैछ। यिनीहरू विरूद्ध आईपीसीको धारा १२०, ४८९ बी र ४८९ सी अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

-हिस

About Author

Advertisement