कोचबिहारः भाजपाका उपप्रधानलाई गैरकानूनी तरीकाले पुलिसद्वारा पक्राउ गरिएको आरोप लगाउँदै भाजपा कार्यकर्ता-समर्थकहरूले वेटागुड़ीमा जमेर विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार, मंगलवार दिनहाटा-कोचबिहार राज्य राजमार्गको वेटागुड़ी मोड़मा बसेर भाजपा कार्यकर्ता एवं समर्थकहरूले विरोध प्रदर्शन गरे, जसले गर्दा सड़कमा लामो जाम लाग्यो। स्थितिलाई नियन्त्रण गर्न दिनहाटा थाना पुलिस घटनास्थलमा पुग्यो। तब गएर स्थिति सामान्य भयो। भाजपा पञ्चायत सदस्य रतिमा सेनका पति गौतम सेनलाई दुई दिनअघि कसैको धानको चोरीको आरोपमा पुलिसले उनलाई घरबाट उठाएऱ लगेको आरोप छ।
गौतम वेटागुड़ी-२ नम्बर ग्राम पञ्चायतका उपप्रधानको पदमा छन्। सोमवार उनलाई दिनहाटा सब-डिविजनल कोर्टमा पेश गरियो। भाजपाले दाबी गरेको छ, उनलाई गैरकानूनी तरीकाले पक्राउ गरिएको छ। यसैको विरोधमा भाजपा कार्यकर्ता-समर्थकहरूले सड़कमा बसेर प्रदर्शन गरे।
-हिस