जलपाईगढ़ी। चियाबारी श्रमिकहरुको २० प्रतिशत बोनस प्रदान गरिनु पर्ने मागमा विभिन्न चियाबारीमा श्रमिक संगठन तथा ट्रेड यूनियनहरुले लगातार आन्दोलन चलाईरहेका छन्। मंगलाबार विहान चिया श्रमिकहरुले बोनसको मागमा जलपाईगढ़ी सहर संलग्न डेङ्गुवाझार चियाकमानको गेट अघि विरोध प्रदर्शन गरे। दुर्गा पुजा आउन अब केही दिन मात्र रहेको तर अहिलेसम्म चिया श्रमिकको बोनस नदिएकोले चिया श्रमिकहरुमा चिन्ता छाएको छ।

डीबीआईटीएका चेयरम्यान अनि डेङ्गुवाझार चियाकमानको महाप्रबन्धक जीवन चन्द्र पाण्डेले बोनसमाथि चर्चा भईरहेको र चाँढ़ै यसको समाधान हुने र श्रमिकहरुले बोनस पाउने जनाएका छन्।