११ बर्षीय छात्रा हत्यारोपीलाई सजायको मगमा आन्दोलन

IMG-20231010-WA0148.jpg

जलपाईगढ़ी। धुपगुड़ी ब्लकको डाउकीमारी गधेयारकुटी क्षेत्रमा ११ बर्षीय स्कूले छात्राको हत्यारालाई कड़ा सजा हुन पर्ने मागमा धुपगुड़ी संग्रामी छात्र समाज सड़कमा ओर्लिएका छन्। उल्लेखनीय छ, गत केही दिन अघि धुपगुड़ी ब्लकमा एकजना नाबालिग छात्रीको असामान्य मृत्युको घटनाले सनसनी मच्चिएको थियो। तीन दिनपछि उक्त नाबालिगको शव बरामद हुँदा जिल्लाभरी शोक छाएको थियो। विभिन्न संगठनहरुले आरोपीलाई कड़ा सजा दिने दाबी गरेका छन्। मंगलाबार विहान १० बजी धुपगुड़ी चौपतीमा धुपगुड़ी छात्रा समुदायले आरोपीलाई कड़ा सजाको मागसितै घटनाको तिव्र निन्दा जनाउँदै सड़कमा विरोध प्रदर्शन गरेको थियो।

About Author

Advertisement