सिंगापुर ओपनको सेमिफाइनलमा पुगिन् पीभी सिन्धु

IMG-20220715-WA0124.jpg

१५ जुलाईः दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले चीनकी हान यूइ विरुद्ध रोमाञ्चक जीतको साथ सिंगापुर ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाइन्। यो म्याच एक घण्टाभन्दा अधिक समयसम्म चल्यो। विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले पहिलो गेम गुमाएपछि असाधारण पुनरागमन गर्दै १७-२१, २१-११, २१-१९-ले जीत हासिल गरिन्। यसको साथै चीनकी प्रतिद्वन्द्वी विरुद्ध सिन्धुको रेकर्ड ३-० पुग्यो। मईमा थाईल्याण्ड ओपनपछि सिन्धु पहिलोपल्ट सेमिफाइनलमा पुगिन्। अब बर्मिंघम राष्ट्रमण्डल खेलहरू अघि उनले खिताब जित्न सक्नेछिन् कि छैनन् भन्ने कुरामा सबैको नजर रहनेछ।
सेमिफाइनलमा सिन्धुले गैर वरीयता प्राप्त साइना कावाकामी विरुद्ध खेल्नेछिन्। जापानकी यस खेलाड़ीले छैटौं वरीयता प्राप्त थाईल्याण्डकी पोर्नपावी चोचुवोंगलाई २१-१७, २१-१९-ले पराजित गरी उलटफेर गरिन्। साइना नेहवाल र एचएस प्रणयले पनि शुक्रवार साँझ आ-आफ्नो म्याच खेल्नेछन्। विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले पहिलो गेममा निक्कै संघर्ष गर्नु पऱ्यो अनि उनले १७-२१-ले पहिलो गेम गुमाइन्। पहिलो गेममा उनलाई निक्कै रक्षात्मक पनि देखियो। यसैकारण चीनकी खेलाड़ीले दबाउ सृष्टि गरिन् तर दोस्रो गेमदेखि सिन्धुलाई अलग मिजासमा देखियो। उनले रहल दुईवटा गेम २१-११, २१-१९-ले जितेर सेमिफाइनलको टिकट हासिल गरिन्। यसअघि सिन्धुले विश्वकी ५९औं नम्बरकी खेलाड़ी भियेतनामकी हुइ लिन एंगुयेनलाई १९-२१, २१-१९, २१-१८-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement