अनित थापाले जी टी एको मुख्य कार्यपालको दायित्व सम्हाले

दार्जिलिङ: अनित थापाले जी टी एको मुख्य कार्यपालको दायित्व सम्हाले। अफिसको कार्यभार सम्हाल्दै उनले भने, “सञ्चबिर सुब्बालाई डेप्युटी कार्यपाल नियुक्त गरेका छौं।”
उनले थप भने, “यो कुर्सी हामीलाई जनताले पहाडमा केही हुन्छ कि भनेर दिएको हो। अडिट बिना सरकार को कार्य चल्दैन। जी टी एमा वर्षेनी अडिट हुन्छ। जिल्लापालले भन्नु भएको अडिट को पनि हामी स्वागत गर्छौ।
२०१७ देखि सुरु भएको यात्रा टुंगिएको छैन। सकारात्मक राजनीति अनि सोच मा नै हामी अघि बढ्नेछौ।”

About Author

Advertisement