टोप्लीको रेकर्ड प्रदर्शन, भारत १०० रनले पराजित

IMG-20220715-WA0091.jpg

१५ जुलाईः रीस टोप्लीको विध्वंशी बलिंगको दममा ईंग्ल्याण्डले भारतलाई दोस्रो वनडे क्रिकेट म्याचमा १०० रनले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले तीनवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। लर्डसको ऐतिहासिक मैदानमा खेलिएको यस म्याचमा टोप्लीले २४ रन खर्च गरी ६ विकेट लिए। यसको साथै लर्डसको मैदानमा उनको नाममा एउटा खास रेकर्ड दर्ता भयो। टोप्ली यस मैदानमा सबैभन्दा कम्ती रन खर्च गरी ६ विकेट लिने देब्रे हातका बलर बने। लर्डसको मैदानमा यसअघि यो रेकर्ड पाकिस्तानका पेस बलर शाहीन अफरीदीको नाममा रहेको थियो, जसले २०१९-मा बंग्लादेश विरुद्ध ३५ रन खर्च गरी ६ विकेट लिएका थिए। यस मामिलामा अष्ट्रेलियाका मिचेल स्टार्क तेस्रो स्थानमा छन्। स्टार्कले २०१९-मा न्यूजील्याण्ड विरुद्ध २६ रन दिएर ५ विकेट लिएका थिए। लर्डसमा देब्रे हातका बलरहरूद्वारा सर्वश्रेष्ठ प्रदर्शनको सूचीमा न्यूजील्याण्डका डेनियल भिटोरी चौथो स्थानमा छन्। उनले २००४-मा वेष्ट इण्डिज विरुद्ध ३० रन खर्च गरी ५ विकेट लिएका थिए। यसरी नै श्रीलंकाका महान अफ् स्पिनर मुथैया मुरलीधरनले १९९८-मा ईंग्ल्याण्ड विरुद्ध म्याचमा ३४ रन खर्च गरी ५ विकेट लिएका थिए।

म्याचको कुरा गर्दा ईंग्ल्याण्डको टीम पहिला ब्याटिंग गर्दै ४९ ओभरमा २४६ रन बनाएर अलआउट भयो। जवाफमा भारतीय टीम ३८.५ ओभरमा केवल १४६ रन बनाएर अलआउट भयो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने ईंग्ल्याण्डबाट मोईन अलीले सर्वाधिक ४७ रन बनाए। उनले ६४ बल खेलेर २ वटा छक्का अनि 2 वटा चौका लगाए। यसबाहेक डेविड विलीले ४१, जनी बेयरस्टोले ३८, लियन लिविंगस्टोनले ३३ अनि बेन स्टोक्सले २१ रनको योगदान दिए। भारतीय बलरहरूमा लेग स्पिनर युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट हासिल गरे। यसबाहेक जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले २-२ विकेट बाँड़े। जवाफमा भारतको शुरुवात एकदमै खराब रह्यो अनि कप्तान रोहित शर्मा खाता नखोली आउट भएपछि भारतीय टीमले म्याचमाथि नियन्त्रण राख्न सकेन। हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधिक २९-२९ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले २७ र मोहम्मद शमीले २२ रनको योगदान दिए। शिखर धवन (९), विराट कोहली (१६) र रिषभ पन्त (०) चरम असफल रहे। प्लेयर अव् द म्याच रहने टोप्लीको ६ विकेट बाहेक डेविड विली, ब्राइडन कार्से, मोईन अली र लिविंगस्टोनले १-१ विकेट लिए। यी दुई टीमबीच तेस्रो तथा निर्णायक वनडे म्याच १७ जुलाईको दिन खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement