पञ्चायत सभापतिसँगै राहत शिविरमा जुटे मंगनका युवाहरू

IMG-20231006-WA0230.jpg

गान्तोक:मंगन जिरो पोइण्ट छेउमा रहेको तिङचिमका युवाहरूले त्यहाँ अवस्थित राहत शिविरमा आजदेखि खाना पकाउने जिम्मेवारी लिएका छन्। स्थानीय पञ्चायत सभापतिसँगै त्यहाँका युवाहरूले राहत शिविरमा रहेका सबै बाढ़ पीड़ितहरूलाई दैनिक रूपमा खाना पकाइदिने भएका छन्।जानकारी गराइन्छ, गत ४ अक्टोबरको दिन टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले धेरै मानिसहरू घरविहीन बनेका छन् भने धेरै पर्यटकहरू पनि फँसिएका छन्। हाल उनीहरू अधिकांश विभिन्न राहत शिविरमा बसेका छन्। राज्य सरकारले हरेक तहबाट उनीहरूलाई सहयोग पुऱ्याउने कार्य गरिरहेका छन् भने स्थानीयहरूले पनि सहयोगको हात बढ़ाउने कार्य गरिरहेका छन्। यस्तोमा आजदेखि मंगनको राहत शिविरमा त्यहाँका पञ्चायत सभापतिसँगै तिङचिमका युवाहरूले खाना पकाउने जिम्मेवारी लिएका छन्।

About Author

Advertisement