चेन्नई: एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ। भारतीय टोलीले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग खेल्नेछ। यसअघि टीम इन्डिया र फ्यानका लागि एउटा नराम्रो खबर आएको छ। क्रिकेटर शुभमन गिलको स्वास्थ्य बिग्रिएको छ। आइतवारको खेलमा लयमा रहेका शुभमनलाई खेल्न शंका लागेपछि टोलीको चिन्ता बढेको हो। यदि गिल यो खेलबाट बाहिर भए भने इशान किशनले इनिङ्स ओपन गर्ने मौका पाउन सक्छन्। जानकारी अनुसार शुभमन गिललाई उच्च ज्वरो आएको बताइएको छ। उहाँलाई शुक्रबार डेंगुको परीक्षण गरिने र त्यसपछि उनको खेल्ने विषयमा अन्तिम निर्णय हुने बताईएको छ। श्रोतका अनुसार चेन्नईमा आएदेखि शुभमनलाई उच्च ज्वरो आएको र डेंगुको बिरामी निको हुन सामान्यतया ७ देखि १० दिन लाग्ने जानकारी आएको छ। सामान्य भाइरल ज्वरो भएमा एन्टिबायोटिक्स लिएर गिल म्याच खेल्न सक्ने चिकित्सकले बताए तर यसबारे चिकित्सक टोलीले निर्णय लिने बताए।