मन्त्री दासद्वारा सुरेश कुमारलाई १२ लाख रूपियाँ प्रदान

IMG-20231006-WA0233.jpg

गान्तोक: गत ४ अक्टोबरको दिन उत्तर जिल्लामा अवस्थित लोनार्कझील परिसरमा बादल फाटेफछि राज्यको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पुगेको छ। विशेष गरेर सो झील परिसरमा बादल फाटेपछि टिस्टा नदीको जलास्तरमा अचानक वृद्धि भयो जसको कारण सिक्किम लगायत पश्चिम बंगाल राज्यमा पनि यसको असर पऱ्यो। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले प्रकृतिक प्रकोपमा परि ज्यान गुमाउनेहरूलाई चार लाख गरेर प्रदान गर्ने घोषणा गरेका थिए। यसै अनुरूप आज रम्फू निवासी सुरेश कुमारलाई कूल १२ लाख रूपियाँ प्रदान गरियो। उनले आफ्नो छोरा राम कुमार शर्मा, बुहारी रूबी देवी शर्मा र नाती भुषण शर्मालाई गुमाएका छन्।

About Author

Advertisement