खरसाङ: यो प्राकृतिक अापदाको समय दार्जिलिङ ट्रक मालिक एसोसिशनले राहत सामाग्रीहरू लानलाई सहयोग गर्ने भएको छ। सिक्किम र बंगाल अधीनस्थ टिस्टा नदी संलग्न क्षेत्रमा भएको प्राकृतिक आपदामा दार्जिलिङ जिल्ला ट्रक चालक मालिक एसोसिएशनले कुनै भाँड़ाबिना नै नि:शुल्क रूपमा ट्रकहरू राहत सामाग्रीको लागि दिने भएका छन्। यस कुराको लागि दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्री र अन्यले खरसाङको गिध्द पहाड़स्थित कार्यालयमा पत्रकार सम्मेलन बोलाएर प्राकृति आपदाको यो स्थितिमा कुनै पनि सामाजिक संघ संस्थाहरूले राहत सामाग्रीहरू लिएर जान परे आफुहरूले ट्रक भाँड़ाबिना नै केवल तेल मात्र हालेर राहत सामाग्रीहरू लगिदिने बताएका छन्। उनले राहत लानलाई सिक्किमसम्म पनि पुग्ने बताउँदै कसैले पनि पिढीतहरूका लागि सामाग्रीहरू लानलाई हामीलाई सम्पर्क गर्नु सक्नु हुने हामी भाँडाबिना तेल मात्र हालेर लगिदिने बताएका छन्। यसको लागि दार्जिलिङ ट्रक मालिक एसोसिएशनले पाँचवटा फोन नम्बरबरू सार्वजनिक गरेका छन्। यदि कसैले पिढीतहरूलाई राहत सामाग्रीहरू लान चाहेमा उक्त नम्बरहरूमा सम्पर्क गर्ने निवेदन गरेका छन्। यसमा
मन्ना त्रिखत्री – ६२९६०८९९३४
सुदन छेत्री – ८३७०९४९२१४
रोहित छेत्री – ९६०९३१४२८०
विकास तामाङ – ८३८९९९५१३५ र आशु खाती – ९०९१७४८५३५ रहेका छन्।